- बुधवार पत्रकार सम्मेलन गर्दै जि.मोटर्सको विजनेस हेड युग रिमालले स्काईवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिने बताएका हुन् ।
काठमाडौं : नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राईभ गर्ने ग्राहकहरुलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै जि.मोटर्सको विजनेस हेड युग रिमालले स्काईवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिने बताएका हुन् ।
उनले भने, ‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् । त्यती मात्र होईन सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राईभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।’
उनले यो योजनामा सामेल हुन स्काईवेल टेस्ट ड्राईभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा शेयर गरि ह्यासट्याग टेस्टड्राईभ स्काईवेल ह्यासट्याग ‘स्काईवेल ड्राईभ नेपाल टु युरोप’ लेख्नुपर्ने बताए ।
टेस्ट ड्राईभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले (१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राईभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राईभको मौका प्राप्त गर्ने पनि उनले जानकारी दिए ।
स्काईवेलको आयातकर्ता जि. मोटर्स प्रा. लि. ले ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उदेश्यका यो विशेष योजना ल्याएको पनि रिमालले बताए ।
उनले स्काईवेलको ईटी ५ लङ् रेन्ज भेरियन्टको विक्री मूल्य १ करोड १५ लाख, स्काईलेलको विई ११–४१० किमी ७९ लाख ९० हजार र विई ११– ५२० किमी ८९ लाख ९० हजार पर्न जाने बताए ।
अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यि दुवै एसयुभीमा उपलब्ध लक्जिरीका कारण विजनेस क्लास एसयुभी पनि भनेर चिनिंदै आएको भन्दै उनले स्काईवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याईसकेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।