- प्रदर्शनीमा विभिन्न ब्रान्डका गाडी, बाइक, इलेक्ट्रिक भेहिकल्स, तथा सम्बन्धित प्रविधिहरू प्रस्तुत गरिएका थिए ।
पोखरा: पोखरामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ सम्पन्न भएको छ । कार्यक्रम संयोजकका अनुसार चार दिनसम्म चलेको यस अटो शोमा करिब २० हजार आगन्तुकले अवलोकन गरेका थिए ।
चैत्र १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेल मैदानमा सम्पन्न भएको उक्त अटो शो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित थियो । यस प्रदर्शनीमा सवारी साधन खरिद–बिक्री तथा नयाँ प्रविधिहरू अवलोकन गर्न व्यवसायी, सम्भावित ग्राहक, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको थियो भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा, र अमरसिंह मा.वि. सहयोगी संस्थाका रूपमा रहेका थिए ।
प्रदर्शनीमा खल्ती एप टिकटिङ पार्टनर, पोखरा इन्टरनेट इन्टरनेट पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स अफिसियल इन्सुरेन्स पार्टनर, होटल शारा हस्पिटालिटी पार्टनर, तथा नेपाल मनिपाल कलेज अफ मेडिकल साइन्स हस्पिटल पार्टनर रहेका थिए ।
प्रदर्शनीमा विभिन्न ब्रान्डका गाडी, बाइक, इलेक्ट्रिक भेहिकल्स, तथा सम्बन्धित प्रविधिहरू प्रस्तुत गरिएका थिए । आयोजकहरूका अनुसार अटो शोले स्थानीय बजारमा अटोमोबाइल उद्योगको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।