नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘ई–मास सेभेन’ लन्च
२०८१ चैत्र ९ शनिवार
- शुक्रबार आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एक कार्यक्रमकाबीच ग्लोबल लन्च गरेको हो ।
काठमाडौं: मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा लन्च भएको छ ।
शुक्रबार आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एक कार्यक्रमकाबीच ग्लोबल लन्च गरेको हो ।
कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको छ ।
गाडीमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ । यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन् । साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ ।
यस विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ । जगदम्बा मोटर्सले प्राइम भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरिएन्टको ६७ लाख ९९ हजार निर्धारण गरेको छ । यसको बुकिङ केही समय पहिले देखि नै खुला गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा
-
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर
-
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
-
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।