स्वदेशी उत्पादनहरु प्रयोगमा नआउँदा उद्योगहरु कमजोर अवस्थामा पुगे :सचिव राउत

२०८१ माघ ३० गते बुधबार
सारांश
  • बुधबार बसेको उक्त बैठकमा ब्रुअरी प्रा.लि‍मा मर्ज भएका कम्पनीहरुमा श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल गरिएको हो ।

काठमाडौं  : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लि‍मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा  छलफल  गरिएको छ । 


बुधबार बसेको उक्त बैठकमा ब्रुअरी प्रा.लि‍मा मर्ज भएका कम्पनीहरुमा श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल गरिएको  हो ।


उक्त छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले प्रतिस्पर्धात्मक रुपमा स्वदेशी उत्पादनहरु प्रयोगमा नआउँदा उद्योगहरु कमजोर अवस्थामा पुगेको बताएका छन् । उनले यो चार, पाँच वर्षको अवधिमा उद्योग कम्पनीहरु मर्ज हुने अवस्था बढेको बताएका हुन् ।


उनले भने, ‘प्रतिस्पर्धात्मक रुपमा हाम्रो स्वदेशी उत्पादनहरु प्रयोगमा आउन नसक्दाखेरी हाम्रा उद्योगहरु कमजोर अवस्थामा गएका छन् । अहिले यो चार, पाँच वर्षको पिरियडमा धेरै उद्योग कम्पनीहरु मर्ज भैइसकेका छन् । त्यसैगरी ब्रुअरी प्रा.लि‍मा कोही चाँही मर्ज हुने, कोही सेयर बेचेर निस्कने गरेको समस्या रहेका छन् ।’


साथै, उनले यसलाई कानूनी रुपमा समाधान गर्न माउण्ट एभरेष्ट ब्रुअरीले विभाग मार्फत मन्त्रालयमा कुनै कुराहरु नराखेको बताए । उनले उद्योगले पाउने छुट, सुविधा, प्रोत्साहनको विषयमा पनि उद्योग मन्त्रालयले कुरा गरिरहेको बताए ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार