रोजगारी सृजना प्राथमिकता: चन्द्र ढकाल

२०८१ माघ १९ गते शनिबार
सारांश
  • अध्यक्ष ढकालको रु ३० करोडको लगानीमा निर्मित ईला होटेल तथा रिसोर्टको उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् ।

गलकोट (बागलुङ): नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमा लगानी प्रोत्साहन तथा रोजगारी सृजनालाई प्राथमिकता दिएर आफू त्यसमा निरन्तर लागिरहेको बताएका छन् । 

 

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका उनले पर्यटन र जलविद्युत् क्षेत्रमा हुने लगानीले राष्ट्रलाई समृद्धिको मार्गमा उन्मुख गराउने बताए ।

 

अध्यक्ष ढकालको रु ३० करोडको लगानीमा निर्मित ईला होटेल तथा रिसोर्टको उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् ।

 

सो अवशरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन् ।

 

कार्यक्रममा उपस्थित सांसदहरू दीपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेललगायत वक्ताले बागलुङ बजारमा निर्मित सुविधासम्पन्न पूर्वाधारका माध्यमबाट स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्न सहज हुने बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार