गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतवार बाँडफाँट हुने
२०८१ माघ ३ गते बिहिवार
- धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको शेयर शुरुमा १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्छ ।
काठमाडौं: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आइतवार अर्थात माघ ६ गते बाँडफाँट हुने भएको छ ।
आईपीओको प्रि अलोटमेन्ट भने यही माघ २ गते सम्पन्न भइसकेकाले आइतवार बिहान बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक कुमारी क्यापिटले जनाएको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको शेयर शुरुमा १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्छ । यसको आधारमा आईपीओ गोला प्रथाद्धारा बाँडफाट हुनेछ ।
कम्पनीको आईपीओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् । अनलाइन प्रणाली मेरो शेयरमार्फत कम्पनीको आईपीओमा आवेदन परेको हो ।
कम्पनीको आईपीओ बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउने छन् । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’