नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्ता छन् सुविधा
२०८१ पुष ११ गते विहिवार
- कम्पनीले ३० वटा इकाइहरू सफलतापूर्वक वितरण गरिएको घोषणा पनि गरेको छ ।
काठमाडौं । नेपाल जीओ अटोमोबाइल प्रालि र नेपालमा केई गाडीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले ३० वटा इकाइहरू सफलतापूर्वक वितरण गरिएको घोषणा पनि गरेको छ ।
विहीबार एक कार्यक्रम आयोजना गरी लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले ३० वटा गाडी हस्तान्तरण गरेका हुन् । दुबै कम्पनी केईको नेपालका लागि आधिकारिक वितरक हुन् ।
अर्बान कम्युटरलाई लक्षित गरी निर्माण गरिएको मिनी ईभी ई–क्युट०४ ले ईन्ट्रि लेबल ईभी पारखीलाई आकर्षित गर्दै आएको कम्पनीले जनाएको छ । नयाँ कारमा सिएटिएलले उत्पादन गरेको २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ ।
जसलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज पाइने दावी गरिएको छ । साथै कारमा ४० किलोवाट क्षमताको पिएमएसएम मोटर जडान गरिएको छ । ११० एनएम टर्क जेनेरेट गर्ने यस कारले फास्ट चार्जर समेत सपोर्ट गर्ने जनाइएको छ ।
कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ भने बुट स्पेस २३७ लिटर छ । साथै यसमा सेन्ट्रल एलसिडी टचस्क्रिन, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, किलेस इन्ट्रि, वन–टच स्टार्ट, इलेक्ट्रिक डोर ह्यान्डल, एड्भान्स इनर्जी रिकोभरी सिस्टम र ६ वटा स्पिकर समेत पाउन सकिन्छ ।
सुरक्षाका लागि कारमा एबिएस, ईबिडी, एएसआर, टिसिएस, डुअल एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर दिइएको छ । यसको सुरुवाती मुल्य २४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।
केई गाडी चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय छ । यो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटो, दुबै ईन्धनबाट चल्ने र विद्युतीय सवारी साधनहरू उत्पादन गर्न समर्पित छ । यसको पहुँच पूर्वी युरोप, मध्य पूर्वलगायत देशहरूमा निर्यात गर्दै अफ्रिका एवम दक्षिणपूर्वी एशियासम्म पुगेको छ ।
विहीबार वितरण गरिएका गाडी सहरी यात्रु र पर्यावरण–सचेत चालकहरूको लागि डिजाइन गरिएको कम्प्याक्ट तर शक्तिशाली विद्युतीय सवारी हो । यसको उन्नत प्रविधि, व्यावहारिक सुविधाहरू र किफायतीताले आधुनिक गतिशीलताको लागि उत्तम विकल्प मानिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’