- गत विहिबार, मनाङ्गको हिमलुंग हिमाल आरोहण गरी फर्कने क्रममा विदेशी पर्यटकहरूले तनहुँ गोर्खालिछापको मगर चुड्का गीतमा झुमे।
गत विहिबार, मनाङ्गको हिमलुंग हिमाल आरोहण गरी फर्कने क्रममा विदेशी पर्यटकहरू तनहुँ गोर्खालिछापको मगर चुड्कामा छमछमी नाचे।
२० जना वेलायती नागरिकका साथमा १०-१२ जना शेर्पा गाईड र आयोजक कम्पनीका सदस्य सहितको टोलि हिमाल आरोहण सके लगत्तै भानु ७, गोर्खालीछापमा मगर संस्कार संस्कृतिको अवलोकन गर्न त्यसतर्फ लागेका हुन्।
आयोजक हिमालयन स्की ट्रेक प्रा.लि.का प्रबन्ध निर्देश श्री कृष्ण थापा मगर स्वयम् ब्रिटिश गोर्खा सैनिकबाट निवृत्त भएकोले उनकै पहलमा ति बेलायती पर्यटकहरू गोर्खालीहरूको गाउँघर, रहनसहन र संस्कृतिका बारेमा जान्न बुझ्न लालायित भएको कम्पनीको धारणा छ।
विगत २०० वर्ष देखि वेलायती सेनामा नेपालीहरू गोर्खा सैनिकको रुपमा भर्ति हुँदै आएका छन्। यसै कारण जो कोहि बेलायती नागरिकहरू पनि गोर्खालीहरूको गाउँघर हेर्न ईच्छुक हुने कृष्ण थापाले बताए।
भ्रमणको क्रममा पर्यटकहरूले प्रशिद्ध थानीथान माई मन्दिरको समेत दर्शन गरेका थिए। स्थानीय पुजारी र कृष्ण थापाले मन्दिरको एतिहासिकताका बारेमा विभिन्न जानकारी गराएका थिए। स्थानीय युवाहरूले स्वागत समारोहको नेतृत्व गरेका थिए ।
स्थानीय खानाको साथमा घरेलु छ्याङ्गमा समेत पर्यटकहरू खुब रमाएका थिए। भोजन पछि झण्डै ३ घण्टा मगर चुड्का गीतमा पर्यटकहरू नाचे भने फर्कने क्रममा रोटे पिङ्गको मज्जा पनि लिए।
अन्य साहसिक पर्यटनमा सहभागी हुन आएका विदेशी पर्यटकहरूलाई सांस्कृतिक मनोरन्जनका लागि यसरी गाउँ घरमा लैजाने गरी प्याकेज निर्माण गरेर प्रबर्धन गर्न सके स्थानीय आयश्रोत समेत बढने र नेपाली कला संस्कृतिको समेत प्रबर्धन हुने स्थानीय युवा तथा कम्पनीका गाईड सुसन थापाले बताए।
विगतमा पनि कम्पनीले यस्ता खाले स्थानीय पर्यटन प्रबर्धन गर्ने गरी कार्यहरू गरिरहेको र भविष्यमा पनि आफ्नो कम्पनीले यस्ता ट्रिपहरू संचालनमा जोड दिने कम्पनीका संचालक राम बहादुर थापाले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।