- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।
बिहीबार अमेरिकी डलर १ को खरिद डर १३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ ।
त्यसैगरी पाउण्ड स्ट्रर्लिङ १ को खरिद डर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ । बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
यसरी डलरको मूल्य बढिरहदा रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञहरू बताउछन। डलरको मूल्य बधदा रेमिट्यान्स बढि भित्रिन्छ । साथै यसको सिधा असर अन्त राष्ट्रिय व्यापारमा पनि पर्नेछ । नेपाली मुद्रा कमजोर भएसंगै अन्तराष्ट्रिय भुक्तानीमा नेपाललाई घाटा हुनेछ। डलर मूल्य बधदा नेपालले एसियाली विकास बैंक, विश्व बैंकलगायतलाई तिर्ने ऋणको साँवाब्याज भुक्तानीमा प्रभाव पर्छ। डलर बढी हुँदा त्यस्ता अन्तराष्ट्रिय बैंकहरूमा सावा व्याज तिर्दा बढी रुपैयाँ खर्चिनु पर्छ। यसो हुँदा ऋणको व्ययभार बढ्ने भएकाले देशलाई घाटा हुन्छ।
नेपालले अन्तराष्ट्रिय बजारमा वस्तु तथा सेवा निर्यात गरेर डलर आर्जन गर्ने श्रोत अत्यन्त कम भएकोले डलर आर्जन गरी भुक्तानी सन्तुलन गर्न समेत कठिनाई भैरहदा डलरको मूल्य मात्रै बढिरहनुले नेपाल भित्रै वस्तु तथा सेवाहरू अझ महँगो हुने र उपभोक्तालाई सास्ती हुने कुरा स्वाभाविक छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’