- नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको व्यवसाय ३.२९ प्रतिशतले बढेर ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको व्यवसाय ३.२९ प्रतिशतले बढेर ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीको व्यवसाय २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
यो अवधीमा शिर्ष कारोबार गर्नेमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्ममा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, नेशनल लाइफले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिमा ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी,एलआइसी कार्पोरसन नेपालले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
एशियन लाइफले भने उक्त अवधिमा १ अर्ब ४७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी,सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ,सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र मेट लाइफले सो अवधिसम्ममा ९६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८५ करोड ४७ लाख रुपैयाँ,आइएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ र सन नेपाल लाइफले ७७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’