चाडपर्व लक्षित आईएमई पे को अफर रू १ मा हवाई टिकट

२०८१ असोज १२, शनिबार
सारांश
  • चाडपर्व लक्षित आईएमई पे को अफर रू १ मा हवाई टिकट

नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

 

८ असोजदेखि २३ असोजसम्म सञ्चालन हुने यस योजना अन्तर्गत आईएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरूले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन् ।


भाग्यशाली विजेताहरूले खरिद गरेको हवाई टिकटको १ रुपैयाँ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरूप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन् ।


साथै आईएमई पे मार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीले चन्द्रागिरी हिल्स केबुलकार, मौलाकाली केबुलकार र लुम्बिनी केबुलकारको टिकटका लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

 

चाडपर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरूलाई लक्षित गरी आइएमई पेले यो अफर सार्वजनिक गरेको हो।

 

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरूमाझ महान चाडपर्वको अवसरमा कृतज्ञता र उपहारस्वरूप समर्पण गरिएको जानकारी दिए ।

 

साथै आइएमई पेमार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ताबिना आफ्नो यात्राको आनन्द लिन सक्छन् ।

 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार