- पछिल्लो समय बाजुरामा ड्रयागन खेती राम्रो हुँदै गए पनि सिँचाईको समस्याले बोटहरु सुक्ने समस्या परेका छन् ।
बाजुरा, ७ कार्त्तिक । बाजुरामा ड्रयागन खेती सिँचाईको अभावमा परेका छन् । पछिल्लो समय बाजुरामा ड्रयागन खेती राम्रो हुँदै गए पनि सिँचाईको समस्याले बोटहरु सुक्ने समस्या परेका छन् ।
एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने ड्रयागन खेतीका लागी उपयुुक्त सिँचाई सुविधा नहुँदा बाजुराका ड्रयागन कृषक समस्या परेका छन् ।
ड्रयागन खेती राम्रो फल्ने गरेको भए पनि सिँचाइ सुविधाको अभावले समस्या हुने गरेको हिमालीका ड्रयागन कृषक बिष्णु राज पाण्डेले बताए । भनेको समयमा ड्रयागन खेतीले पानी नपाउँदा बोट विरुवा हुर्कन तथा फल समस्या हुने गरेको कृषक पाण्डेको भनाइ छ ।
उनका अनुसार, आफुले करिब ४ रोपनी खेतिमा ८०० बोट लगाएको ड्रयागन खेती राम्रो फल्ने तर सिँचाईको अभावमा सोचेजस्तो नहुने बताए । सिँचाइ र बजारिकरणको सुविधा भएको खण्डमा राम्रो आम्दानी गर्न सकिने कृषक पाण्डेको भनाइ छ ।
पाण्डेले हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौर स्थित डाँरियामा ड्रयागन खेती गर्दै आउँनु भएको छ । उनले हिमाली बहुउद्देश्यीय कृषि फर्म मार्फत कृषि ज्ञान केन्द्र बाजुराको सहकार्यमा ड्रयागन खेती सुरु गरेका हुन् ।
कृषक पाण्डेले ४ लाख ७० हजारको अनुदान रकम र बाँकी ४ लाख आफ्नो लगानीमा खेती गरिरहनु भएको छ । ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान रकमले चितवनबाट ड्रयागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर उनले खेती सुरु गरेका हुन् ।
यस्तैः स्वामिकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोटमा पनि ड्रयागन खेती गरिएको छ । उक्त खेती पनि सिँचाई असुविधाका कारण समस्यामा पर्ने गरेको छ । अन्तिमजङ्ग शाहीले पालिकाको वडा नं ४ खोलीकुनामा आफ्नै नमुना कृषि फर्म सञ्चालन गरी ड्रयागन खेती गरेका छन् ।
पछिल्लो समय जिल्लाको बुढिगङ्गा नगरपालिकामा पनि ड्रयागन खेती गर्न थालिएको छ । ड्रयागन खेतीबाट राम्रो उत्पादन हुने भए पनि पानीको असुविधाका कारण कृषकहरुलाई बोट जोगाउँन मुस्किल हुने गरेको छ ।
ड्रयागन फलको तौल २०० ग्राम देखि १.२ के.जी.सम्मको हुने गरेको छ । यसको खेति खास गरि थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक(कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरिन्छ भने अहिले यो खेती नेपालमा समेत गर्न थालिएको छ ।
यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइने, र क्यान्सरविरुद्ध प्रतिरोधात्मक गुणका साथै जस्तोसुकै माटोमा पनि यो खेती हुने गरेको छ । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’