फलफूल खेतीमा रमाएको घिमिरे दम्पती

२०८२ कार्त्तिक ०६ बिहीवार
सारांश
  • सरकारी सेवाबाट निवृत्त भएपछि घिमिरेले बाँझो बस्न लागेको आफ्नो जग्गामा विभिन्न जातको फलफूलका बिरुवा लगाएर हराभरा बनाएका छन् ।

रामेछाप, ६ कार्त्तिक । रामेछाप नगरपालिका–८ बाबियाखर्कका प्रह्लाद घिमिरेका दम्पती अहिले फलफूल खेतीमा रमाएका छन् ।

 

सरकारी सेवाबाट निवृत्त भएपछि घिमिरेले बाँझो बस्न लागेको आफ्नो जग्गामा विभिन्न जातको फलफूलका बिरुवा लगाएर हराभरा बनाएका छन् ।

 

घिमिरे दम्पतीले आफ्नो सबै जग्गामा अहिले फलफूल खेती सुरु गरेका छन् । रमणीय बगैँचा बनाएका छन् । 


बगैँचामा केरा, आँप, लिची, जुनार, सुन्तला, निबुवा, आँटी, अम्बा लगायतका बिरुवाहरू लगाएको शान्ता घिमिरेले बताइन् । लगाइएका मध्ये केही बिरुवाले फल दिन लागेका र केही हुर्कने क्रममा रहेका उनले जनकारी दिइन् ।

 

बिरुवा साना हुँदासम्म बिचमा मकै बाली पनि लगाउने गरेको बताउँदै उनले बिरुवा हुर्किएपछि भने फलफूलको मात्र बगैँचा बनाउने योजना सुनाइन् ।

 

३ सय ६५ झाङ केरा लगाउँदा दिनको एक घरी केरा पाक्छ भन्ने पुर्खाहरूको भनाइ रहेको बताउँदै सोही अनुसार आफूले ३ सय ६५ झाङ केरा लगाएको प्रह्लाद घिमिरेले बताए । अब कम्तीमा दिनमा एक घरी केरा बिक्री गर्न सकिने उनले सुनाए । अघिल्लो वर्ष लगाएको केरा यस वर्षबाट पसाउन लागेको उनले सुनाए ।

 

घिमिरेले आफ्नो १५ रोपनी जग्गामा ३ सय बोट आँप, २ सय बोट लिची, निबुवा, कागती, सुन्तला, जुनार, मरीच, ल्वाङका बिरुवा लगाएका छन् ।

 

त्यस्तै १० रोपनी जमिनमा मर्चमाने, मालभोग, झप्री, घ्यू लगायतका विभिन्न जातका केरा लगाएका छन् ।

 

वरिपरिका जमिन बाँझै बस्दा घिमिरे दम्पतीले बनाएको यो बगैँचले गरे के हुँदैन भन्ने उदाहरण दिएको छ । मिहिनेत अनुसार बिरुवाहरू राम्रो फस्टाएका उनीहरूले बताए । ‘बिरुवाहरू राम्रो सप्रिएका छन्, यसरी सप्रिएको देख्दा गरे के हुँदैन र भन्ने लागेको छ’, प्रह्लाद घिमिरेले भने ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार