चन्द्रपुर नगरका ४४ वटा गाईभैसीमा लम्पी स्किन रोगको सङ्क्रमण
२०८२ असार २६ विहिवार
- लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । यो रोग लामखुट्टे, झिँगा र किर्ना जस्ता कीराको टोकाइबाट सर्ने गरेको डा.चौधरीले बताए ।
रौतहट: पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशु चौपाय मर्न थालेका छन ।
केहि दिन अघि मात्र चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरटोलका कृष्ण गौतमले पालेका गाई मरेका हुन् । लम्पी स्किन रोगको उपचार गर्दा गर्दै गौतमले पालेको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले बताए ।
उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा, वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढन सक्ने उनले बताए ।
लम्पी स्किन रोगबाट सङ्क्रमित गाई भैँसीको दूध उत्पादनमा गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र मर्ने लक्षण हुने उनको भनाइ छ ।
लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । यो रोग लामखुट्टे, झिँगा र किर्ना जस्ता कीराको टोकाइबाट सर्ने गरेको डा.चौधरीले बताए ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिने गरेको उनले बताए । चन्द्रपुर नगरपालिका पशु शाखाका अनुसार नगरक्षेत्रका ४४ वटा गाईभैसीमा उक्त रोगको संक्रमण देखा परेको छ । महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएको पाईएको छ । एक पशुलाई सो रोग बिरुद्ध उपचार गर्नको लागी १० देखी १२ हजार सम्म खर्च लाग्ने समेत डा. चौधरीले जानकारी दिए ।
चन्द्रपुर वडा नं. ३ ले वडा कार्यालयको आफनै बजेटबाट करिब दुई हजार २ सय ५० वटा गाइ र भैसीलाइ लम्की स्किन रोग बिरुद्धको भ्याक्सीन लगाइएको छ । त्यसैगरी वाड नं. ९ ले पनि आफनै बजेटबाट एक हजार ६ सय भन्दा बढी पशुलाइ सो रोग बिरुद्धको भ्याक्सीन लगाइसकेको छ ।
चन्द्रपुर नगर क्षेत्रमा गत बर्ष मात्र लम्पी स्किन रोगको कारण एक सय ६० वटा गाईभैसी मरेको चन्द्रपुर नगरपालिका पशु शाखाको तथ्याङमा छ । अहिले नगरभरीको पशुहरुलाइ उक्त रोग बिरुद्ध १० हजार थान खोप आवश्यकता रहेको पशु शाखाले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’