- फुलासीका चिनाकुमार तामाङ रउनकी पत्नी अनिता तामाङले गाउँमा नै फलफूलको नर्सरी राखेर मेहनत गर्ने हो भने गाउँमा प्रशस्त अवसर छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । देशमा केही अवसर छैन भनेर विदेशमा एकथरि युवाले पसिना बगाइरहँदा तामाङ दम्पती गाउँमा नै रमाइरहेका
रामेछाप : नेपालमा केही काम छैन, केही काम पाईँदैन वा केही हुँदैन भन्नेलाई रामेछापको मन्थली नगरपालिका–१४ फुलासीका एक युवाले राम्रै जवाफ दिएका छन् ।
फुलासीका चिनाकुमार तामाङ रउनकी पत्नी अनिता तामाङले गाउँमा नै फलफूलको नर्सरी राखेर मेहनत गर्ने हो भने गाउँमा प्रशस्त अवसर छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । देशमा केही अवसर छैन भनेर विदेशमा एकथरि युवाले पसिना बगाइरहँदा तामाङ दम्पती गाउँमा नै रमाइरहेका छन् ।
१० वर्ष अघि सुरु भएको युवा एग्रिकल्चर फार्म अहिले देशभरि बिरुवा बिक्री गर्ने फार्म बनेको छ । त्यही फार्ममा तामाङ दम्पती रमाइरहेका छन् । फार्ममा अहिले विभिन्न जातका ३० हजार भन्दा बढी तयारी बिरुवा रहेका छन् ।
नर्सरीमा जापनिज हलुवाबेद, सुन्तला, मुन्तला, जुनार, ओखर, किवी, बुद्धचित्त लगायतका बिक्रीका लागि तयारी बिरुवा छन् । सो नर्सरीका बिरुवा देश भरि पुग्ने अनिता बताउँछिन् । ‘नेपाल भरि नै जान्छ, कोही नर्सरीमा नै आएर बिरुवा किन्छन्, धेरैले फोनबाटै सम्पर्क गर्छन्, हामी नर्सरीबाट बिरुवा पठाइदिन्छौँ’, उनले भनिन् ।
नर्सरीमा आफू मात्र है तामाङ दम्पतीले अन्यलाई पनि रोजगारी दिएको छ । बिरुवा लगाउने, गोडमेल गर्ने, बिरुवा ओसार्ने बेलामा अन्य मान्छेहरू लगाएर काम गर्ने गरेको तामाङले बताए ।
नर्सरीबाट मेहनत अनुसार राम्रै कमाइ हुने चिनाकुमार बताउँछन् । ‘विदेश जानु परेको छैन, आफ्नै गाउँमा बसिएको छ, रमाइएको छ, मेहनत अनुसार ठिकै छ’, उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।