किसानलाई सुन्तलाका बिरुवा : महिलाहरूलाई आयआर्जनमा सहज

२०८२ असार १९ विहिवार
सारांश
  • मन्थली नगरपालिका र पहाडी समाज कल्याण केन्द्र दोरम्बा रामेछापको साझेदारीमा सञ्चालित हेफर परियोजनाले किसानलाई सुन्तलाका बिरुवा वितरण गरेको हो ।

रामेछाप : रामेछापको सुन्तलाको राम्रो उत्पादन हुने मन्थली नगरपालिका–१४ फुलासीका किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरिएको छ । 


मन्थली नगरपालिका र पहाडी समाज कल्याण केन्द्र दोरम्बा रामेछापको साझेदारीमा सञ्चालित हेफर परियोजनाले किसानलाई सुन्तलाका बिरुवा वितरण गरेको हो । 


स्थानीय पशुपति महिला स्वावलम्बन समूहका महिलालाई २२ वटाका दरले सात सय बिरुवा वितरण गरिएको पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिए । 


महिलाहरूलाई आयआर्जनमा सहयोग पुगोस् भनेर मागको आधारमा बिरुवा वितरण गरिएको उनले बताए । 
सो बस्तीका किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । एउटै किसानले वर्षको ६÷७ लाख रुपैँयासम्मको सुन्तला बिक्री गर्दै आएका छन् ।


उन्नत जातको बिरुवाले किसानलाई नयाँ बिरुवा उत्पादन र बगैँचा विस्तारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ । 
किसानलाई व्यावसायिक बन्न थप सहयोग पुगोस् भनेर बिरुवा वितरणको कार्यक्रम राखिएको वडाध्यक्ष मोतीलाल तामाङले बताए । 


उनले व्यावसायिक सुन्तला खेतीबाट सो पेसामा लागेकाले राम्रो आम्दानी गरेका उदाहरण दिँदै अन्य किसानलाई पनि व्यावसायिक बन्न आग्रह गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार