अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’

२०८२ असार १५ आईतवार
सारांश
  • धनुषाको रम्दैयास्थित राष्ट्रिय धानबाली अनुसन्धानका संयोजक मथुरा यादवका अनुसार ११ महिनामा ३८ अर्व रुपैयाँ बराबरको धान र चामल भारतबाट आयात गर्नु परेको छ । जबकी अहिले १४ लाख बढी हेक्टरमा धान खेती भइरहेको छ । जसबाट ५० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

जनकपुर : कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गथ्र्यो । 


तर आज किसान, कृषि र सबैभन्दा बढी धानको अवस्था नाजुक बनेको छ । आज धानको उत्पादन कम हुने गरेकाले नेपालले प्रत्येक वर्ष अर्बौं रुपैयाँमा भारतबाट धान आयात गर्नुपरेको छ ।


धनुषाको रम्दैयास्थित राष्ट्रिय धानबाली अनुसन्धानका संयोजक मथुरा यादवका अनुसार ११ महिनामा ३८ अर्व रुपैयाँ बराबरको धान र चामल भारतबाट आयात गर्नु परेको छ । जबकी अहिले १४ लाख बढी हेक्टरमा धान खेती भइरहेको छ । जसबाट ५० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । 


यो उत्पादनलाई खराब भन्न सकिदैन तर चामलको खपत अनुसार उत्पादन भने थोरै हुने गरेको छ । यसका लागि सरकारले ठोस नीतिका साथ मल, खाद र सिचाईमा विशेष ध्यान दिनुपर्ने संयोजक यादवको भनाई छ ।


पहिला पहाड र दुरदराजका क्षेत्रहरुमा मकै र मकैबाट बनेको परिकार (ढिंडो) लगायतका खानेकुरा बढी खपत हुने गर्दथ्यो भने अहिले पूर्वाधार विकास भएसंगै सबै ठाउँमा चामल खाने बानी बसेको उनी बताउँछन् । 


एकातिर खपत बढेपनि उत्पादनमा भने कमी आएको छ । युवाहरु विदेश पलायन हुन थालेदेखि झन कृषि पेसा धरापमा पर्न लागेको राष्ट्रिय धानबाली अनुसन्धानका किटविज्ञ मोहम्मद फर्सत अलि बताउँछन् ।


उनका अनुसार अहिले अनुसन्धान केन्द्रबाट ७२ वटा धानका बिउहरु उपलब्ध भइरहेका छन् । जसमध्ये तराई क्षेत्रलाई लक्षित गरी थुप्रै हाईब्रीड र सिजनल धानका बिउहरुको पनि विकास गरिएको छ । किसानले कम जग्गामा बढी धान फल्ने बिउहरु खोज्न थालेका छन् । तर सिचाई र मल, खाद्यको समस्याले चाहे जतिको धान उब्जन सकेको छैन ।


धान दिवसलाई देशभरी पर्वको रुपमा मनाइराख्दा पनि धानका लागि अन्य देशमा भरपर्नु परेकाले दिवसको सार्थकता माथि नै प्रश्न उठेको छ ।  सरकारले ठोस नीति नल्याए बाँकी रहेका धान खेत र किसानहरु विस्तारै हराउने सम्भावना रहेको पछिल्लो वर्षहरुको तथ्यांकले देखाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार