किसानको चैते धानले उचित मुल्य नपाएको गुनासोपछि दुई मन्त्री एक ठाउँमा

२०८२ असार ०२ सोमवार
सारांश
  • वैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मुल्य पाउनका लागि सम्वन्धीत निकायको पहल आवश्यक रहेकामा जोड दिए ।

काठमाडौ: किसानले चैते धानको उचित मुल्य नपाएको गुनासोपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीबिच वाणिज्य मन्त्रालयमा छलफल भएको छ । 


छलफलमा दुवै मन्त्रालयका सचिव , खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता थियो । 
बैठकमा चैते धानको हालको अवस्था, किसानले उचित मुल्य नपाउनुका कारण, भारतवाट हाल चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको  मौज्दात अवस्थ , खाद्यले  किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमतालगायतका विषयमा छलफल भएको छ । 


दुई मन्त्रालय वीच हाल खाद्य व्यवस्था  तथा व्यापार कम्पनीसँग प्रर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल , चिउरा र भुजिया निर्यातका लागि  सम्वन्धीत निकायसँग समन्वय गर्ने, खाद्यमार्फत धान खरिद गर्नका लागि अर्थ मन्त्रालय सँग वजेट लगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।


वैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मुल्य पाउनका लागि सम्वन्धीत निकायको पहल आवश्यक रहेकामा जोड दिए । 


मन्त्री भण्डारीले कृषि , उद्योग, अर्थ मन्त्रालय र  राष्ट्रिय योजना आयोग समेत वसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताए ।  


वैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा , वाणिज्य तथा आपुर्ति सचिव डा.रामप्रसाद घिमिरे र  खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्था वारे जानकारी गराएका थिए ।  


सरकारले चैते धानको न्युनतम समर्थन मुल्यप्रति क्विन्टल २८ सय ६९ पैसा तोके पनि झापालगायत पूर्व र पश्चिमका जिल्लाहरुमा किसानले १५ देखि १६ सय रुपैयामा विक्री गर्नुपर्ने अवस्था आएको बताएका छन् । 


हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसानसँग विक्रिका लागि रहेको अनुमान छ । पछिल्लो समय मात्र भारतवाट ३१अर्व जतिको चामल आयत भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार