- यन्त्रले कम समयमा सहज तरिकाले उखु खनजोत गर्न सकिने कटहरियाका उखु कृषक रामदयाल महतोले बताए । कृषि मजदुरको अभावमा यहाँका धेरै कृषकले खेती नै गर्न छाडिसकेको अवस्थामा यन्त्र भित्र्याएपछि बढने उनले अनुमान गरे ।
रौतहट : उखु खनजोतका लागि सहज गर्ने उद्देश्यले बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रीज कटहरियाले कृषि यन्त्र ल्याएको छ । अहिले उखु खेतीका लागि काम गर्ने मजदुरको अभाव भएकाले कृषि यन्त्र उपयोगी मानिएको छ ।
यन्त्रले कम समयमा सहज तरिकाले उखु खनजोत गर्न सकिने कटहरियाका उखु कृषक रामदयाल महतोले बताए । कृषि मजदुरको अभावमा यहाँका धेरै कृषकले खेती नै गर्न छाडिसकेको अवस्थामा यन्त्र भित्र्याएपछि बढने उनले अनुमान गरे ।
‘गाउँघरमा खेतमा काम गर्ने मजदुर पाइदैन,’उनले भने, ‘अब कृषि यन्त्र भएन भने खेतीबाट नै बिस्थापित हुनुपर्ने भइसकेको छ । बजारमा आएका नयाँ कृषि यन्त्रसँगै यहाँका कृषकले यसको प्रयोग पनि गरिरहेको उनले बताए । उनका अनुसार चिनी मिलले ल्याएको यन्त्र उपयोगी हुने र कृषकले अधिक प्रयोग गर्ने अनुमान गरिएको छ ।
उखु कृषकलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले मिलले ‘पावर विडर’ नामक यो कृषि यन्त्र ल्याएको जनाएको छ ।
उखु महाप्रबन्धक सियाराम साहका अनुसार मुरहन र खुट्टी प्रजातिको उखु गोडमेल गर्न यन्त्रले सहज हुनेछ । यसले खेती गर्दा आएका अनावश्यक झारपात निकाल्छ । उनले भने ‘उखुमा माटो चढाउन पनि सहज हुन्छ ।’
अहिले यन्त्र परीक्षणको रुपमा ल्याएको र सफल भएकाले कृषकलाई चाडैं नै बितरण गर्ने योजना बनाएको उनले जानकारी दिए । यन्त्र मिलले सहुलियत दरमा कृषकलाई उपलब्ध गराउने उखु महाप्रबन्धक साह बताए ।
यहाँ अधिक कृषकलाई उखु खेतीतर्फ आकर्षण गर्ने उद्देश्य लिइएको मिल सञ्चालक बैजु बाबराले बताए । उखु कृषकको भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै उनले कृषि प्राविधिक सल्लाहसंगै अनुदानमा विभिन्न सहयोग गर्दै आएको बताए । यस जिल्लामा उखु बिस्तार गर्ने योजनाका साथ मिल प्रशासनले बेला बेलामा कृषि यन्त्र सहुलियतमा दिदै आएको छ । यस्ता किसिमका विभिन्न आधुनिक कृषि उपकरण र औजारको प्रयोगले समय र श्रम दुवै कम हुने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।