- स्थानीय व्यवसायी कौशल साहको नेतृत्वमा रहेका व्यापारीहरुको टोलीले भन्सार कार्यालयको मुख्य गेटमा एक घण्टा धर्नासहित प्रदर्शन गरेका हुन् ।
रौतहट : कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै रौतहटका व्यापारीहरूले गौर भन्सार कार्यालय परिसरमा आइतवारदेखि धर्ना दिएका छन् ।
स्थानीय व्यवसायी कौशल साहको नेतृत्वमा रहेका व्यापारीहरुको टोलीले भन्सार कार्यालयको मुख्य गेटमा एक घण्टा धर्नासहित प्रदर्शन गरेका हुन् ।
आइतवार दिउसो १२ बजेदेखि सुरु भएको धर्ना सहित प्रदर्शन कार्यक्रम भोलिदेखि क्रमशः एक÷एक घण्टा थप गर्दै जाने तय भएको व्यवसायीहरुले बताएका छन् ।
अर्थ मन्त्रालयमा पटक–पटक समस्या राख्दै आएको भएपनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आन्दोलनका कार्यक्रम तय गरेको स्थानीय व्यवसायी कौशल साहले बताए ।
उनका अनुसार गौर भन्सार कार्यालयमा कृषि तथा खाद्य क्वारेन्टाइनको अभावमा यहाँका व्यापारीहरुलाई अन्य जिल्लामा जानु पर्ने बाध्यता छ । रौतहटका व्यवसायीहरुलाई खाद्यान्न, फलफुल, आलु, प्याज, तरकारी लगायतका खाद्य सामानहरु भारतबाट ल्याउदा वीरगन्ज वा मलंगवा भन्सार प्रयोग गर्नुपरेको उनको भनाइ छ ।
यसले गर्दा ढुवानी खर्च बढि हुने हुँदा उक्त क्वारेन्टाइन स्थापना हुन आवश्यक रहेको उनले जोड दिए । आफुहरुको माग सुनुवाइ नभएमा चरणबद्व आन्दोलन गर्ने उनले चेतावनी दिए ।
वैशाख ७ देखि १५ गतेसम्म भन्सार कार्यालय गेटमा धर्ना प्रदर्शन गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए वैशाख १६ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने निणय भएको व्यवसायी साह बताए ।
यसअघि सो टोलीले चैत ३१ गते भन्सार कार्यालय प्रमुखमार्फत अर्थ मन्त्रीलाई तीन बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो ।
२०३३ सालमा स्थापना भएको गौर भन्सार कार्यालय अन्य सामन भने सहज तरिकाले आयात निर्यातको हुँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।