१०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटिएम
२०८१ फागुन २ गते शुक्रवार
- रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ ।
रौतहट: वृन्दावन– नेपालमा स्वस्थकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनको नयाँ पहिचान बनाउँदै आएको फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गरिरहेको छ ।
रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ ।
उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले आफ्नै काठमाडौँको रातोपुल, झम्सिँखेल र भैंसेपाटीमा रहेको फ्रेसकेटिएम आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ ।
फ्रेसकेटिए फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको फ्रेसकेटिएका डाइरेक्टर शिव न्यौपानेले बताए ।
न्यौपानेका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरू साथै गहुँ, तोरी र दाल उत्पादन गरिन्छ । जसले उपभोक्ताहरूलाई स्वस्थकर खानामा पहुँच पु¥याउन मद्दत गरेको छ ।
स्वस्थ उत्पादनका लागि आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीवहरू उत्पादन गरी सामान्यतया खर्चिलो मानिने यो खेती पद्दतीलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने अनुसन्धान पनि फार्ममा सुरू गरेको न्यौपानेको भनाई छ ।
‘जिरो वेस्टको इको सिस्टम बनाउँदै आएको फ्रेसकेटिएम फार्ममा एक सयभन्दा बढी रोजगार पाएका छन्’ न्यौपानेले भने ‘जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत पनि फार्मभित्र नै तयार गर्ने गरेका छौँ ।’
कृषिमा लागतको समस्या प्रमुख रूपमा रहँदै आएकोमा फ्रेसकेटिएम फार्ममा रहेका २५० भन्दा बढी भैंसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीवहरू उत्पादन गरिरहेको छ । यसले माटोको उर्वराशक्ति बढाउने मात्र होइन, रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वस्थ उत्पादनलाई सुनिश्चित गर्छ । जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ ।
फ्रेसकेटिएम फार्मिङले उत्पादन गरेका भाण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू फ्रेसकेटिएमका रातोपुल, झम्सिखेल र भैंसेपाटीस्थित आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध हुने न्यौपानेले बताए ।
विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेसकेटिएमले अब काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा आफ्ना आउटलेटहरू विस्तार गर्दैछ । नयाँ स्थानहरूमा फ्रेसकेटिएम आउटलेट खोल्ने तयारी अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । जसले उपभोक्ताहरूलाई विषादी नियन्त्रित, स्वस्थकर र उचित मूल्यमा ताजा उत्पादन उपलब्ध गराउने जनाएको छ ।
रासायनिक मलको प्रयोग न्युन, जैविक मलको प्रयोग तथा वनस्पति विषादीको प्रयोग र अति आवश्यक अवस्थामा रासायनिक विषादीको प्रयोग गरेको तरकारीलाई तुरून्तै नटिपि मापदण्ड अनुसार टिप्ने गरेको न्यौपानेले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।