- रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा ४० हजार हेक्टर भन्दा बढी जमिनमा आलु खेती हुने गर्दछ । त्यहाँका किसानको मुख्य उत्पादन नै आलु हो ।
काठमाडौं : रामेछापको शैलुङका किसानलाई अहिले भ्याइ–नभ्याई छ ।
शैलुङ क्षेत्रको दोरम्बा, डडुवा, गौश्वारा लगायतका क्षेत्रका किसानहरू यति बेला आलु रोप्न व्यस्त छन् ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा ४० हजार हेक्टर भन्दा बढी जमिनमा आलु खेती हुने गर्दछ । त्यहाँका किसानको मुख्य उत्पादन नै आलु हो ।
शैलुङको आलुको माग बजारमा उच्च भएपछि किसानहरू थप व्यावसायिक रूपमा आलु खेतीमा लागेका छन् । परम्परागत बिउको सट्टा डडुवाको खोलाखर्कमा नै नयाँ जातको आलुको बिउ उत्पादन गरी किसानले आलुको उत्पादन बढाएका छन् ।
स्थानीय किसान दावासङ्बु शेर्पाका अनुसार शैलुङका कतिपय किसानले एक सिजनमा ५÷६ लाख रुपैँयासम्मको आलु बिक्री गर्ने गर्दछन् । यहाँको आलु काठमाडौंको कालीमाटी, बल्खु, लगायतको मुख्य तरकारी बजारमा बिक्री हुन्छ । अहिले तराइमा समेत शैलुङको आलुको माग बढेको छ । आलु खरिद गर्न अहिले व्यापारीहरू किसानको घर घरमा पुग्ने भएकोले किसानलाई बिक्रीको चिन्ता छैन । यस वर्ष किसानले आलु प्रतिकिलो ६० रुपैँया किलोसम्ममा बिक्री गरे । जो राम्रो मूल्य हो ।
विगतमा परम्परागत पुरानो आलुको बिउ लगाउँदै आएका किसानले हाल रोजिटा जातको रोग नलाग्ने बिउ प्रयोग गर्न लागेका छन् । मूल बिउ नै शैलुङमा उत्पादन हुने भए पछि यहाँका किसानले आलुको बिउ बिक्रीबाट समेत राम्रो आम्दानी गर्ने गरेका छन् । नयाँ बिउ लगाएपछि आलुको उत्पादन बढेको शेर्पाले बताए ।
डडुवामा नै अब रोजिटा लगायत उन्नत जातका आलुको बिउ समेत उत्पादन सुरु भए पछि किसानहरू खेतीमा थप उत्साहित भएका उनले सुनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’