कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : मन्त्री अधिकारी
२०८१ माघ ६ गते आईतबार
- किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज किर्तीपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराएका हुन् ।
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।
किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज किर्तीपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराएका हुन् ।
‘अहिले पनि धेरै परिवार कृषिमा लागेका छन तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक वनाउन आवश्यक छ’ मन्त्री अधिकारीले भने ।
बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी रहेको उनले बताए ।
उनले भने, ‘कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भैरहेको छ , तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याई रहने अवस्था आउनु हँुदैन, अब विषादी न्यूनीकरण गर्नेतर्फ पनि सबैको प्रयास जरुरी छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।