भेनेजुएलाको भूकम्प प्रभावित क्षेत्रमा स्टारलिंकले एक महिना निःशुल्क इन्टरनेट दिने
१२ आषाढ़, २०८३, शुक्रवार
- स्टारलिंकले भूकम्पका कारण सञ्चार सेवा अवरुद्ध भएका स्थानमा इन्टरनेट जडान पुनःस्थापना गर्न प्राथमिकता दिइरहेको बताएको छ । प्राकृतिक विपद्का बेला सञ्चार सेवा सहज बनाउन कम्पनीले यसअघि पनि विभिन्न देशमा यस्तै सहयोग गर्दै आएको छ ।
काठमाडौँ: एलन मस्कको स्वामित्वमा रहेको स्टारलिंकले भेनेजुएलाका भूकम्प प्रभावित क्षेत्रमा एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन गर्न स्याटेलाइट इन्टरनेटमार्फत इन्टरनेट पहुँच विस्तार गर्ने काम भइरहेको जनाएको छ ।
स्टारलिंकले भूकम्पका कारण सञ्चार सेवा अवरुद्ध भएका स्थानमा इन्टरनेट जडान पुनःस्थापना गर्न प्राथमिकता दिइरहेको बताएको छ । प्राकृतिक विपद्का बेला सञ्चार सेवा सहज बनाउन कम्पनीले यसअघि पनि विभिन्न देशमा यस्तै सहयोग गर्दै आएको छ ।
स्टारलिंकको स्याटेलाइट इन्टरनेट सञ्जाल सैन्य तथा गुप्तचर प्रयोजनका साथै दुर्गम र विपद्ग्रस्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध गराउन पनि प्रयोग हुँदै आएको छ । मोबाइल तथा स्थिर टेलिफोन सेवा अवरुद्ध भएका अवस्थामा यसले इन्टरनेट सेवा पुनः सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ ।
मस्ककै सामाजिक सञ्जाल कम्पनि एक्स भेनेजुएलामा २०२४ देखि लगाइएको प्रतिबन्ध भूकम्पपछि हटाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
-
समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।