डेनमार्क र दक्षिण कोरियामा टेलिकमको अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रारम्भ
२०८२ चैत्र १० मङ्गलवार
- नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रारम्भ गरेको छ ।
काठमाण्डौ, १० चैत्र । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रारम्भ गरेको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकम बिच सम्झौता सम्पन्न भएको छ ।
यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान-आरओसीमा पहिले देखि नै उपलब्ध छ । यस अनुसार अब ८ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ ।
विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ ।
भोल्टी अर्थात भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ ।
आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्ट लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । यदि छैन भने *४४४# डायल गरी 'Activate VoLTE'विकल्प छान्नु पर्छ र त्यसपछि यो सेवा सुचारु हुने टेलिकमले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लिङ्देनको प्रस्ताव : राजादेखि नयाँ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी गरौँ
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।