विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

२०८३ जेठ ३० शनिवार
सारांश
  • सह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ ।

काठमाण्डौ, ३० जेठ । सह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ को बराबरी खेलेको हो ।

 

खेलको २१औँ मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया–हर्जेगोभिनालाई अग्रता दिलाएका थिए । इभान बासिचको कर्नर प्रहारमा सियाद कोलासिनाचले हेडमार्फत बल अघि बढाएपछि लुकिचले हेडरमार्फत जाली चुमाएका हुन् । यो उनको राष्ट्रिय टोलीका लागि पहिलो गोल पनि बन्यो ।

 

पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा लगातार दबाब बनायो । रिची लारियाको प्रहार गोलतर्फ जाँदै गर्दा कोलासिनाचले उत्कृष्ट बचाउ गर्दै बललाई क्रसबारमा ठोक्काएर बाहिर पठाएका थिए । त्यसपछि तानी ओलुवासेयीको हेडर पनि निकोला काटिचले गोलरेखाबाट फर्काएका थिए ।

 

घरेलु समर्थकमाझ खेलिरहेको क्यानडाले अन्ततः ७८औँ मिनेटमा बराबरी गोल फेला पार्यो । मैदान प्रवेश गरेको दुई मिनेटभन्दा केही बढी समयमै वैकल्पिक खेलाडी काइल लारिनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरेका हुन् । उनले तारिक मुहारेमोभिचलाई छलाउँदै गरेको प्रहार निकोला भासिल्जलाई पार गर्दै जालीमा पुगेको थियो । बल विपक्षी खेलाडीमा हल्का ठोक्किँदा गोलरक्षक झुक्किएका थिए ।

 

खेलभरि दुवै टोलीले आक्रमणात्मक प्रदर्शन गरेकाले खेल निकै रोमाञ्चक बनेको थियो । अन्ततः दुवै टोलीले एक–एक अंक बाँडेका छन्  ।

 

यो नतिजासँगै क्यानडाले विश्वकपको अन्तिम चरणमा पहिलो पटक हार टार्न सफल भएको छ । यसअघि सन् १९८६ मा खेलेका तीनै खेल तथा सन् २०२२ मा खेलेका सबै खेलमा क्यानडा पराजित भएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार