विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि मेक्सिको २-० ले विजयी
२०८३ जेठ २९ शुक्रवार
- आयोजक मेक्सिकोले विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
काठमाण्डौ, २९ जेठ । आयोजक मेक्सिकोले विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा बिहीबार भएको खेलमा मेक्सिकोका लागि जुलियन किन्योनेस र राउल हिमेनेजले एक–एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा तीन रातो कार्ड देखाइएका थिए।
मेक्सिकोले नवौँ मिनेटमै अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोलेले गोलकिकपछि बल नियन्त्रणमा गल्ती गर्दा त्यसको फाइदा उठाउँदै किन्योनेसले उत्कृष्ट प्रहारमार्फत गोल गरेका थिए।
सिथोलेको खराब दिन दोस्रो हाफको सुरुआतमै थप निराशाजनक बन्यो । उनले प्रतियोगिताको पहिलो रातो कार्ड पाएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै मेक्सिकोले दोस्रो गोल गर्यो । राउल हिमेनेजले उत्कृष्ट हेडमार्फत राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो विश्वकप गोल गरेका थिए । गोलपछि उनी भावुक बन्दै मैदानमै आँसु झारेका थिए । सन् २०२० मा गम्भीर टाउको चोटका कारण करिअर संकटमा परेका ३५ वर्षीय हिमेनेजका लागि यो विशेष क्षण बनेको थियो । उनले यस वर्ष निधन भएका आफ्ना पिताको सम्झनामा पनि उक्त गोल समर्पण गरेका थिए।
खेलको अन्त्यतिर दक्षिण अफ्रिकाले अर्को झट्का बेहोर्यो । थेम्बा ज्वानेले अनावश्यक फउल गरेपछि सिधै रातो कार्ड पाए र टोली नौ खेलाडीमा झर्यो । यता खेल सकिन केही क्षण बाँकी रहँदा मेक्सिकोका सेजार मोन्टेसले स्पष्ट गोल अवसर रोकिएको ठहर गर्दै रेफ्रीले उनलाई पनि रातो कार्ड देखाएका थिए ।
अन्तिम समयको सिट्ठिसँगै घरेलु समर्थक उत्सवमा डुबेका थिए । उद्घाटन खेलमा प्रभावशाली जित निकालेको मेक्सिको नकआउट चरणतर्फ बलियो कदम चाल्न सफल भएको छ ।
अब मेक्सिकोले अर्को खेल जुन १९ मा दक्षिण कोरिया र जुन २५ मा चेक गणतन्त्रसँग खेल्ने तालिका छ । त्यस्तै, दक्षिण अफ्रिकाले जुन १८ मा चेक गणतन्त्र र जुन २५ मा दक्षिण कोरियासँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।