ब्रुनो फर्नान्डेज बने प्रिमियर लिगको यस सिजनको उत्कृष्ट खेलाडी
९ जेठ, २०८३, शनिवार
- उनको २० असिस्टसँगै उनले एकै प्रिमियर लिग सिजनमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि यो कीर्तिमान थिएरी हेनरी र केभिन डी ब्रुनेको नाममा रहेको थियो ।
काठमाडौँ: म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज प्रिमियर लिग सिजनकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रिमियर लिगले पोर्चुगाली मिडफिल्डर फर्नान्डेजले एर्लिङ हालान्ड, एन्टोइन सेमेन्यो, गाब्रियल, डेक्लान राइस, डेभिड राया, मोर्गन गिब्स ह्वाइट र इगोर थियागोलाई पछि पार्दै अवार्ड जितेको घोषणा गरेको छ ।
फर्नान्डेज म्यानचेस्टर युनाइटेडको सिजनको दोस्रो चरणको उत्कृष्ट प्रदर्शनका मुख्य खेलाडी बने । उनले यस सिजन ८ गोल गर्नुका साथै २० गोल असिस्ट गरेका छन् ।
उनको २० असिस्टसँगै उनले एकै प्रिमियर लिग सिजनमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि यो कीर्तिमान थिएरी हेनरी र केभिन डी ब्रुनेको नाममा रहेको थियो ।
सन् २०१०-११ मा नेमान्जा भिडिचपछि प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्ने पहिलो म्यानचेस्टर युनाइटेड खेलाडी पनि फर्नान्डेज बनेका छन् ।
अब सिजनको अन्तिम खेलमा ब्राइटनविरुद्ध मैदान उत्रँदा उनी सर्वाधिक असिस्टको नयाँ कीर्तिमान बनाउने अवसरमा रहनेछन् ।
म्यानचेस्टर युनाइटेडले यस सिजनमा तेस्रो स्थानमा रहदै सिजन समाप्त गर्दैछ । यस सिजनको प्रिमियर लिग उपाधि भने आर्सनलले जितेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।