नेपाली महिला क्रिकेट टिमको मलेसियाविरुद्ध लगातार दोस्रो जित
२०८३ जेठ ०८ शुक्रवार
- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० खेल पनि जितेको छ ।
काठमाण्डौ, ०८ जेठ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० खेल पनि जितेको छ । शुक्रबार सम्पन्न दोस्रो टी- २० मा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ८३ रनको लक्ष्य पछाएको नेपालले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १९ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो ।
यसअघि बुधबार सम्पन्न पहिलो खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो । नेपालले अब मे २५ देखि एशियन गेम्स क्वालिफायर्स अन्तर्गतका खेल खेल्दैछ भने जुन ३ देखि एसीसी वुमन्स प्रिमियर कप खेल्दैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसमा टिकट पाउन लिडरसिप एकेडेमीको कोर्स अनिवार्य
-
डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
-
काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने
-
ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो
-
प्रधानसेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा प्रस्थान
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।