- नेपालले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.२ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो । अमेरिकाका लागि संजय कृष्णमुर्तिले सर्बाधिक ५६ रन बनाएका थिए भने शयान जहागिरले २७ र शेहान जयसूर्याले २६ रन बनाएका थिए ।
काठमाडौँ: नेपालले अमेरिकालाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.२ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो । अमेरिकाका लागि संजय कृष्णमुर्तिले सर्बाधिक ५६ रन बनाएका थिए भने शयान जहागिरले २७ र शेहान जयसूर्याले २६ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २-२ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामीले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाएका थिए । उनको यस सिरिजमा लगातार दोस्रो अर्धशतक हो । तेस्रो एकदिवसीय खेल खेलिरहेका इशानले दुई अर्धशतक बनाएर नेपालको मिडल अर्डरलाई बलियो बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ४६, आसिफ सेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५, सोमपाल कामीले ५ र आरिफ सेखले अविजित १८ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलर शुभम रन्जानेले ३ विकेट लिएका थिए भने रुशील उग्राकर र मिलिन्द कुमारले एक एक विकेट लिएका थिए ।
यो जितपछि नेपालको २८ खेलमा २४ अंक भएको छ र नेपाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको २८ खेलमा ३८ अंक रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसमा टिकट पाउन लिडरसिप एकेडेमीको कोर्स अनिवार्य
-
डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
-
काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने
-
ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो
-
प्रधानसेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा प्रस्थान
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।