पोर्चुगलको विश्वकप खेल्ने टिमको घोषणा, रोनाल्डो छैटौं विश्वकप खेल्ने
२०८३ जेठ ०६ बुधवार
- प्रशिक्षक रोबेर्ट मार्टीनेजले पोर्चुगलका हाल विभिन्न लिगमा खेलिरहेका खेलाडी समेटेर विश्वकप खेल्ने टिम घोषणा गरेका हुन् ।
काठमाण्डौ, ०६ जेठ । पोर्चुगलले फिफा विश्वकप फुटबलका लागि आफ्नो २७ सदस्यीय टिमको घोषणा गरेको छ ।प्रशिक्षक रोबेर्ट मार्टीनेजले पोर्चुगलका हाल विभिन्न लिगमा खेलिरहेका खेलाडी समेटेर विश्वकप खेल्ने टिम घोषणा गरेका हुन् ।
जसमा क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने पनि निश्चित भएको छ । रोनाल्डोले यसअघि २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए ।
पोर्चुगलको टिम:
गोलकिपर: डियोगो कोस्टा, जोसे सा, रुई सिल्भा र रिकार्डो भेल्हो ।
डिफेन्डर: डियोगो डालोट, माथेउस नुनेस, नेल्सन सेमेडो, जाओ क्यान्सेलो, नुनो मेन्डेस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डायस र टोमास अराउजो ।
मिडफिल्डर: रुबेन नेभेस, सामुएल कोस्टा, जाओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र बेर्नार्डो सिल्भा ।
फरवार्ड: जाओ फेलिक्स, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइसाओ, पेड्रो नेटो, राफाएल लियाओ, गोन्सालो गुएडेस, गोन्सालो रामोस र क्रिस्टियानो रोनाल्डो ।
विश्कपमा पोर्चुगल समुह के मा रहेको छ । यस समुहमा पोर्चुगलसहित डिआर कंगो, उज्बेकिस्तान र कोलोम्बिया रहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुन २३ मा उज्बेकिस्तानसँग र तेस्रो खेल जुन २७ मा कोलोम्बियासँग खेल्ने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।