- आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुँदैछन् ।
काठमाण्डौ, ०४ जेठ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुँदैछ ।
नेपाल र स्कटल्याण्ड एकदिवसीय क्रिकेटमा यसअघि ११ पटक खेलेका छन्, जसमा नेपालले ५ र स्कटल्याण्डले ५ जित हासिल गरेका छन् भने एक खेल बिना नतिजा सकिएको थियो ।
जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २६ खेल खेलेर ९ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २० अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड भने अहिलेसम्म ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।
त्यस्तै, स्कटल्यान्ड टोलीमा कप्तान रिची बेरिङ्टनसहित म्याथ्यु क्रस, ब्राड्ली करी, ज्यास्पर डेभिडसन, ओलिभर डेभिडसन, माइकल इङ्लिस, ओवेन गोल्ड, ज्याक जार्भिस, ओली जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफयान शरीफ र मार्क वाट रहेका छन् ।
यस सिरिज अन्तर्गत अब अर्को खेल मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारले सय दिनमा के के गर्यो ? (पूर्ण पाठ)
-
देशभर २६ लाख ४५ हजार किसान सूचीकृत, परिचयपत्र वितरण गरिने
-
ह्वाट्सएपमा प्रस्तावित 'युजरनेम' सुविधाप्रति भारत सरकारको आपत्ति, मेटासँग जवाफ माग
-
इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन विभागको आग्रह
-
विश्वकपबाट बाहिरिएसँगै रियाद महरेजले लिए सन्यास
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।