- सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ७ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको २६५ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.१ ओभरमा अल आउट हुदै २५७ रन बनाएको थियो ।
काठमाडौं: नेपाल ए ले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ ।
सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ७ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको २६५ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.१ ओभरमा अल आउट हुदै २५७ रन बनाएको थियो ।
अमेरिकालाई अल आउट गर्ने क्रममा शेर मल्लले४ र बसिर अहमदले ३ विकेट लिएका थिए ।
यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ४९.५ ओभरमा अल आउट हुदै २६४ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले शतकीय पारि खेलेका थिए । सन्दीपले ११५ बलमा १११ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० रनको योगदान दिएका थिए ।
त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंहले २ विकेट लिएका थिए ।
योसँगै नेपाल ए ले यो अभ्यास खेलका चारै खेलमा जितेको छ । नेपाल ए ले स्कटल्याण्ड र अमेरिकाविरूद्ध २-२ खेलमा जित हासिल गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।