- यो खेल बार्सिलोनाका लागि यस सिजनको लिग जित्ने खेल हुनसक्ने सम्भावना रहेको छ । बार्सिलोनाले यो खेल जितेमा यस सिजनको ला लिगाको उपाधि जित्ने छ । ला लिगामा बार्सिलोनाको हाल ३४ खेलमा ८८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिड ११ अंकले पछाडी रहेको छ ।
काठमाडौँ: स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको आज राति हुदैछ । बार्सिलोनाको स्टेडियम क्याम्प नेउमा हुने यो खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।
यो खेल बार्सिलोनाका लागि यस सिजनको लिग जित्ने खेल हुनसक्ने सम्भावना रहेको छ । बार्सिलोनाले यो खेल जितेमा यस सिजनको ला लिगाको उपाधि जित्ने छ । ला लिगामा बार्सिलोनाको हाल ३४ खेलमा ८८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिड ११ अंकले पछाडी रहेको छ ।
खेल अघि रियल म्याड्रिडलाई भने धक्का लागेको छ । रियलका स्टार खेलाडी किलियन एम्बाप्पे इन्जुरिका कारण यस एल क्लासिकोमा खेल्ने छैनन् । रियल म्याड्रिडले सार्बजनिक गरेको खेलाडीको सुचिमा एम्बाप्पेलाई समावेश गरिएको छैन ।
इतिहास हेर्दा विश्व क्लब फुटबलको सबै भन्दा ठुलो खेलको रुपमा हेरिने एल क्लासिको अन्तर्गत यो ला लिगाको १९२ खेल हुने छ । सबै एल क्लासिकोको इतिहास हेर्दा यो ३०७औं खेल हुने छ । अहिलेसम्म ला लिगाको एल क्लासिकोमा रियल म्याड्रिडले ८० खेल जितेको छ भने बार्सिलोनाले ७६ खेल जितेको छ । त्यस्तै ३५ खेल बराबरीमा सकिएको छ ।
त्यस्तै कुल एल क्लासिकोका खेल हेर्दा रियल म्याड्रिडले ११२ खेल जितेको छ भने बार्सिलोनाले १३० खेल जितेको छ । त्यस्तै ६४ खेल बराबरी खेलेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।