आइपिएलमा दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ९ विकेटले विजयी

२०८३ वैशाख १५ मङ्गलवार
सारांश
  • रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

काठमाण्डौ, १५ वैशाख । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो ।

 

दिल्लीले दिएको केवल ७६ रनको लक्ष्य पछाएको बैंगलुरुले ६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले १६.३ ओभरमा अल आउट हुदै ७५ रन मात्र बनाएको थियो । यो यस सिजनको आइपिएलको सबैभन्दा कम रन रहेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।

 

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार