आइपिएलमा दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ९ विकेटले विजयी
२०८३ वैशाख १५ मङ्गलवार
- रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, १५ वैशाख । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको केवल ७६ रनको लक्ष्य पछाएको बैंगलुरुले ६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले १६.३ ओभरमा अल आउट हुदै ७५ रन मात्र बनाएको थियो । यो यस सिजनको आइपिएलको सबैभन्दा कम रन रहेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।