- सनराइजर्स हैदरावादले जारी आइपीएल अन्तर्गत राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, १३ वैशाख । सनराइजर्स हैदरावादले जारी आइपीएल अन्तर्गत राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको २२९ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.३ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।सनराइजर्सको जितमा इशान किशनले सर्बाधिक ७४ रन बनाएका थिए भने अभिषेक शर्माले ५७ रन बनाएको थियो । त्यस्तै नितिश कुमार रेड्डीले ३६ रन बनाए भने हेईनरिच क्लासेनले २९ रनको योगदान दिएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चर र बिर्जेश शर्माले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले वैभव सुर्यबंशीको १०३ रनको सतकीय पारी तथा ध्रुव जुरेलको ५१ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाउदै २२८ रन बनाएको थियो ।
यो जितपछि सनराइजर्सको ८ खेलमा १० अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै राजस्थानको पनि ८ खेलमा १० अंक रहेको छ र रनरेटको आधारमा सनराइजर्सभन्दा पछाडी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’