- म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
काठमाण्डौ, १० वैशाख । म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी शिर्ष स्थानमा उक्लिएको हो ।
सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि म्यानचेस्टर सिटीको ३३ खेलमा ७० अंक भएको छ र समान ७० अंक रहेको आर्सनलसँग बढी गोल गरेका कारण शिर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै बर्नलीको भने यो हारपछि रेलिगेसनमा पर्ने निश्चित भएको छ । बर्नलीको ३४ खेलमा २० अंक रहेको छ र १९औं स्थानमा रहेको छ । यस सिजनमा बर्नलीसँगै वोल्भ रेलिगेसनमा पर्ने निश्चित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’