आइपिएलमा चेन्नईमाथि सनराइजर्स १० रनले विजयी

२०८३ वैशाख ०६ आइतवार
सारांश
  • गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई १० रनले पराजित गरेको हो ।

काठमाण्डौ, ०६ वैशाख । सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई १० रनले पराजित गरेको हो ।

 

सनराइजर्सले दिएको १९५ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन मात्र बनाएको थियो । चेन्नईका लागि म्याथ्यु शर्टले सर्बाधिक ३४, आयुष मात्रेले ३० र सरफराज खानले २५ रन बनाएका थिए ।

 

त्यस्तै सनराइजर्सका बलर इशान मालिंगाले ३ विकेट लिए भने नितिश कुमार रेड्डीले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९४ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र हेईनरीच क्लासेनले ५९-५९ रन बनाएका थिए ।

 

त्यस्तै चेन्नईका बलर जामि ओभरटन र अन्शुल काम्बोजले ३-३ तथा मुकेश चौधरीले २ विकेट लिएका थिए । यो जितपछि सनराइजर्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै चेन्नईको भने ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार