- एम्बाप्पेको इन्जुरी शुरुमा सामान्य भनिएको भए पनि एमआरआईको रिपोर्टपछि इन्जुरी ठुलो भएको बताइएको छ ।
एजेन्सी, १७ पुष । किलियन एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का लागेको छ । रियल म्याड्रिडले एम्बाप्पेको इन्जुरी बारे जानकारी दिदै उनको बायाँ घुँडामा चोट लागेको बताएको छ ।
रियल म्याड्रिडले भनेको छ- रियल म्याड्रिड मेडिकल सर्भिसेजद्वारा आज हाम्रा खेलाडी केलियन एम्बाप्पेको परीक्षण पछि, उनको बायाँ घुँडामा मर्किएको पत्ता लागेको छ । उनको स्वास्थ्य लाभको अनुगमन गरिनेछ ।'
उत्कृष्ट फर्ममा रहेका एम्बाप्पेको इन्जुरीले रियल म्याड्रिडलाई ठुलो धक्का लागेको छ । एम्बाप्पेले यस सिजनले २९ गोल गरेका छन् भने ला लिगामा १८ गोल गरेका छन् ।
एम्बाप्पेको इन्जुरी शुरुमा सामान्य भनिएको भए पनि एमआरआईको रिपोर्टपछि इन्जुरी ठुलो भएको बताइएको छ । रियल म्याड्रिडले नयाँ बर्षपछि ला लिगाको खेल जनवरी ४ मा रियल बेटिससँग खेल्दैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।