प्राचीन मूर्तिहरुलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डङ्गोल
२०८३ वैशाख ०६ आइतवार
- विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ ।
काठमाण्डौ, ०६ वैशाख । विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ ।
यसै क्रममा आज विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३ औँ शताब्दीको महागौरीरपार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुन स्थापित गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता द्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले संग्रहालयको जुद्ध जातीय कला शालामा राखिएको यो मूर्ति बुझेर ल्याएकी हुन् ।
सङ्ग्रहालयका प्रमुख अरुण नकर्मी, हनुमान ढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुुरातत्व विभागका पुरातत्त्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे बिन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएकी हुन् । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ ।
औपचारिक कार्यक्रम गरेर कार्यक्रम मनाउनुभन्दा सम्पदा दिवसका दिन प्राचीन मूल्य, धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यता स्थापित गर्ने कार्यक्रम गर्ने योजना अनुरुपमा समुदायको जिम्मेवारीमा मूर्ति पुन स्थापित गरिएको कार्यवाहक प्रमुखले प्रतिक्रिया दिए ।
‘काठमाडौँ खुला सङ्ग्रहालय हो । यहाँ कला कौशल मात्र होइन । साङ्केतिक रूपमा ज्ञान, विज्ञान र जीवनसँग सम्बन्धित शिक्षा अध्ययन पाइन्छ । यस्ता महत्वका आकृति तथा कलाकृति समाजमै राख्नुपर्छ । समुदायमै सुरक्षित हुने वातावरण बनाउनुपर्छ भनेर पुनः स्थापित गर्ने निर्णय गरेका हौँ ।’ उनले भनिन् ।
महानगरपालिकाको प्रतिष्ठा र पहिचानमा एउटा इँटा थपिएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्येको एउटा दायित्व हो । यसप्रति हामी प्रतिबद्ध छौँ । नियमित काम गरिरहन्छौँ ।’
वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले मूर्तिको सुरक्षा र संरक्षणका लागि स्थानीय समुदाय प्रतिबद्ध रहेको बताए ।
चोरिएर लन्डन पुगेको यो मूर्ति, नेपाली दूतावास बेलायतबाट फिर्ता भएपछि पुरातत्त्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राख्न पठाएको थियो ।
हनुमान ढोका दरबार क्षेत्रमा भएका सम्पदाहरूको संरक्षण र व्यवस्थापनका लागि २०८३ वैशाख २ गते महानगरपालिकाका कार्यवाहक प्रमुखको अध्यक्षतामा उहाँकै कार्यकक्षमा त्यस क्षेत्रको सम्पदा व्यवस्थापनको कानुनी दायित्व भएका कार्यालयका अधिकारी, स्थानीय र अभियानकर्ताहरूका बिच बैठक बसेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
०७२ विनाशकारी भूकम्प : दशक वित्यो पीडा र सम्झना ताजै, सरकार के गर्दैछ ?
-
गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली, ‘घण्टी’मा भोट दिएकोप्रति पश्चाताप
-
थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो
-
विदेशी मुद्राको सटहीदर: २०८३ वैशाख १२ शनिवार
-
विश्व औलो दिवस आज मनाइँदै
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।