कांग्रेसको राष्ट्रिय सभाका सांसदहरुको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम हुँदै

२०८२ फागुन २७ बुधवार
सारांश
  • नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

काठमाण्डौ, २७ फाल्गुण । नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

 

काँग्रेस संसदीय दलका अनुसार उक्त कार्यक्रम आज दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आयोजना गर्न लागिएको छ । कार्यक्रममा राष्ट्रिय सभाका हाल कार्यरत तथा हालै निर्वाचित सबै माननीय सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया हुने जनाइएको छ ।

 

गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा  गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए ।

 

राष्ट्रिय सभामा काँग्रेस अब २५ सांसदसहित सबैभन्दा ठुलो पार्टी बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार