जेनजी आन्दोलन सरकारको कार्यशैली सुधारका लागि थियो- अर्जुननरसिंह केसी
२४ भाद्र, २०८३, बुधवार
- बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्।
काठमाडौं: नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्।
उनले भने- 'जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो । संस्कार परिवर्तनको निमित्ति थियो । सरकारको शैली परिवर्तन गर्नका लागि थियो । सुशासनको निम्ति थियो । विधिविहीन र दण्डविहीनताको अन्त्यका लागि थियो ।'
नेता केसीले देशमा अहिले मलको हाहाकार र ग्यासको हाहाकार भएकै बेला प्रकृति प्रकोपले सबैलाई एकाकार बनाएको बताउदै यस विपद्लाई एकै ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने बताए ।
उनले भोटेकोशी बाढीबाट प्रभावितहरूको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्दै नुवाकोटमा कनेक्टिभिटी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।