‘जेन्जी आन्दोलन’को भावना हाइज्याक गर्नेहरूको पहिचान गरी कारबाही गर्नुपर्छ'- शंकर पोखरेल
२३ भाद्र, २०८३, मगलवार
- पोखरेलले सरकारले त्यतिबेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको, बरु सामाजिक सञ्जाल सञ्चालन गर्ने संस्थालाई नेपालमा दर्ता हुनुपर्ने नीति अघि सारेको दाबी गरेका छन् ।
काठमाडौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत वर्ष भएको ‘जेन्जी आन्दोलन’का क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा घाइते भएका र सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
भाद्र २३ गते आन्दोलनका क्रममा संसद् भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको स्मरण गर्दै पोखरेलले उक्त घटनाको एक वर्ष पूरा भएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाह सहज बनाउनुपर्ने तथा सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने युवाहरूका माग जायज रहेको उल्लेख गरेका छन् ।
पोखरेलले सरकारले त्यतिबेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको, बरु सामाजिक सञ्जाल सञ्चालन गर्ने संस्थालाई नेपालमा दर्ता हुनुपर्ने नीति अघि सारेको दाबी गरेका छन् । तर सरकारले आफ्नो नीतिबारे स्पष्ट रूपमा बुझाउन नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आउन पुगेको उनको भनाइ छ ।
उनले शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गर्दै प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। यही नै ‘जेन्जी आन्दोलन’को वास्तविक भावनाको सम्मान हुने उनको भनाइ छ ।
वर्तमान सरकार आन्दोलनको भावनाअनुसार नभई त्यसलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको स्पष्ट भएको पोखरेलले आरोप लगाएका छन्। उनले युवाहरूको वास्तविक भावनाको कदर, मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना आजको प्रमुख आवश्यकता भएको बताएका छन् । एमाले युवाहरूका जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको र विगतमा भएका कमजोरी सुधार गर्दै अघि बढ्ने उनले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान
-
मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
-
हङकङ चाइनाले नेपाललाई दियो २६२ रनको लक्ष्य
-
‘जेन्जी आन्दोलन’को भावना हाइज्याक गर्नेहरूको पहिचान गरी कारबाही गर्नुपर्छ'- शंकर पोखरेल
-
विदेशी मुद्राको सटहीदर: २०८३ भाद्र २३ मङ्गलवार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।