काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह

२३ भाद्र, २०८३, मगलवार
सारांश
  • कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

काठमाडौं: नेपाली कांग्रेसले आगामी असोजमा आयोजना हुने १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैचा उपलब्ध गराइदिन पत्र लेखेको छ ।

 

कांग्रेस केन्द्रीय कार्यालयले  प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन प्रदर्शनी हल,लवी, पार्किङ स्थल तथा बगैचा बुक गरिदिन पत्र लेखेको हो । 

 

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

 

कांग्रेसले १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्न लागेको हो । 

 

महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल तथा व्यवस्थित आयोजनाका लागि राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत कांग्रेसले व्यक्त गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार