काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह
२३ भाद्र, २०८३, मगलवार
- कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसले आगामी असोजमा आयोजना हुने १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैचा उपलब्ध गराइदिन पत्र लेखेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन प्रदर्शनी हल,लवी, पार्किङ स्थल तथा बगैचा बुक गरिदिन पत्र लेखेको हो ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।
कांग्रेसले १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्न लागेको हो ।
महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल तथा व्यवस्थित आयोजनाका लागि राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत कांग्रेसले व्यक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।