परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
२०८३ भाद्र २२ सोमवार
- परराष्ट्रमन्त्री शिशिर खनाललाई माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमले टेलिफोन गरी नेपालप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छिन् ।
काठमाण्डौ, २२ भाद्र । परराष्ट्रमन्त्री शिशिर खनाललाई माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमले टेलिफोन गरी नेपालप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छिन् ।
सोमबार दिउँसो टेलिफोन कुराकानीका क्रममा आदमले दुःखको यस घडीमा माल्दिभ्स सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै ऐक्यबद्धता जनाएकी थिइन् ।
मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति माल्दिभ्स सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा सहयोगप्रति गहिरो आभार व्यक्त गरेका थिए ।
दुवै विदेशमन्त्रीले जलवायु परिवर्तनबाट जोखिममा रहेका देशहरूले सामना गरिरहेका साझा चुनौतीका विषयमा समेत छलफल गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्याय अघि बढाउन र जलवायु परिवर्तनविरुद्ध थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता दोहोर्याएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।