कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि नयाँ समयसीमा तोक्यो
२०८३ श्रावण १२ मङ्गलवार
- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरेको छ ।
काठमाण्डौ, १२ श्रावण । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरेको छ ।
पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीमार्फत प्राप्त सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गते सम्म कायम गरेको छ। वडा सभापतिका पोर्टलमा रोकिएका आवेदनहरू सोही अवधिभित्र अनुमोदन गर्नुपर्ने निर्णय गरिएको छ ।
यसैगरी, पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतबाट अनुमोदन गरी पठाएका नयाँ क्रियाशील सदस्यका आवेदन प्राप्त भएको मितिले तीन–तीन दिनभित्र अनुमोदन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
बैठकले यसअघि भएको निर्णयअनुसार भ्रातृ संस्था, शुभेच्छुक संस्था तथा इन्टरनेट पहुँच कम भएका उच्च हिमाली र दुर्गम पहाडी जिल्लामा अद्यावधिक हुन छुटेका सदस्यहरूको विवरण केन्द्रबाट विद्युतीय विवरण फाराममार्फत अद्यावधिक गर्ने निर्णय पनि गरेको छ। त्यस्ता विवरण २०८३ साउन १५ गतेभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने र प्राप्त विवरणको अद्यावधिक केन्द्रबाट तोकिएको अवधिभित्र सम्पन्न गरिने जनाएको छ ।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्र तथा मातहतका सभापतिले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका कारण विद्युतीय प्रणालीमा काम रोकिएका स्थानमा वैकल्पिक व्यवस्था गरिने भएको छ। केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा सभापति तोकी क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता अनुमोदनको प्रक्रिया अघि बढाइने र त्यसलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदनका लागि पेश गरिने निर्णय भएको छ ।
बैठकले विभिन्न कारणले कुनै जिल्लामा क्रियाशील सदस्यता अद्यावधिक गर्न छुट भएका सदस्यहरूको सदस्यता पनि केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाट अद्यावधिक गर्ने निर्णय गरेको छ ।
यस्तै, कुनै वडामा क्रियाशील सदस्यको संख्या ४० भन्दा कम तथा ३५ वर्षमुनिका सदस्यको संख्या पाँचभन्दा कम रहेको अवस्थामा त्यस्ता वडामा केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
-
अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति
-
चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
-
साहिबजादा फरहान पाकिस्तान फर्किदै
-
एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।