- आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, ११ श्रावण । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
दिउँसो २ बजे बस्ने प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था बारे छलफलको कार्यसूची रहेको छ । यस बैठकमा स्वास्थ्य र शिक्षा मन्त्री, दुवै मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई छलफलमा बोलाइएको छ ।
त्यसैगरी, बिहान ११ बजेदेखि शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक बर्ष २०८३/०८४ को बार्षिक कार्ययोजना सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, बिहान साढे ११ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरुसँग छलफलको कार्यसूची रहेको छ । छलफलका लागी केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका विभागीय प्रमुखलाई बोलाएको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।