- पार्टीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्दै सबै पक्षलाई सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
राप्रपाले बोलबम यात्राका क्रममा भएको धार्मिक असमझदारीपछि उत्पन्न विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै प्रहरीको गोली लागेर घाइते भएका दुई दर्जनभन्दा बढी नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
पार्टीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाले साम्प्रदायिकताको नाममा पटक–पटक हिंसा भड्काउने तत्वहरूको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएको छ। तराई–मधेस क्षेत्रमा हिन्दू समुदाय लक्षित आक्रमण भइरहेका दाबी गर्दै यस्ता घटना रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने पनि पार्टीले जनाएको छ।
राप्रपाले सबै नागरिकलाई संयम अपनाउँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।