- पार्टीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्दै सबै पक्षलाई सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
राप्रपाले बोलबम यात्राका क्रममा भएको धार्मिक असमझदारीपछि उत्पन्न विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै प्रहरीको गोली लागेर घाइते भएका दुई दर्जनभन्दा बढी नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
पार्टीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाले साम्प्रदायिकताको नाममा पटक–पटक हिंसा भड्काउने तत्वहरूको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएको छ। तराई–मधेस क्षेत्रमा हिन्दू समुदाय लक्षित आक्रमण भइरहेका दाबी गर्दै यस्ता घटना रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने पनि पार्टीले जनाएको छ।
राप्रपाले सबै नागरिकलाई संयम अपनाउँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।