कप्तानगन्ज घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु, सामाजिक सद्भाव कायम राख्न आयोगको आग्रह
११ श्रावण, २०८३, सोमवार
- आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको झडप तथा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु गरेको जनाएको छ ।
आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग घटनाबारे जानकारी लिइरहेको जनाएको छ। प्रारम्भिक अनुगमनअनुसार पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद सुरु भएको र डिजे बजाउने क्रममा विवाद चर्किएपछि तोडफोड तथा झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको र अन्य नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार घाइतेमध्ये चार जनाको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको, आन्दोलनकारीले लाठी तथा रडसहित प्रदर्शन गरिरहेको र कप्तानगञ्जसहितका क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको आयोगले जनाएको छ । सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको जानकारी पनि आयोगले दिएको छ ।
आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
साथै आयोगले राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा सर्वसाधारणलाई वार्ता र संवादमार्फत विवाद समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।