प्रश्नपत्र लिकमा संलग्न दुई जना पक्राउ, थप अनुसन्धान हुदैछ- शिक्षामन्त्री पोखरेल
१० श्रावण, २०८३, आइतवार
- साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो ।
काठमाडौं: त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले एमबीएस प्रथम सत्रको एमजीटी ५१५ ‘अर्गनाइजेशन बिह्याावियर’ विषयको प्रश्नपत्र चुहावट प्रकरणमा दुई जना पक्राउ परेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने परीक्षामा संलग्न त्रिवि बाहिरका शिक्षक रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जानकारी दिदै अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिने बताए । साइबर ब्यूरोको अनुसन्धानपछि दुई जना पक्राउ परेको र प्रहरीले थप छानबिन गरिरहेको बताए ।
यसअघि त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले छानविन गर्न समिति गठन गरेको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् ।
साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।